एसपीपीबारे आशंका अझै बाँकी छन् : भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन्। उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबावकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए। उनले सरकारले आशिंक रूपमा सहभागी हुने भनेको हो वा पूर्ण रूपमा सहभागी नहुने भनेको प्रस्ट नभएकाले प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने माग गरे। ‘सरकार एसपीपीबाट पछि हटेकोमा हामीले धन्यवाद दिनै पर्छ। तर, एसपीपीमा आंशिक रूपमा सहभागी हुने भनेको वा पूर्ण रूपमा सहभागी नहुने भनेको प्रस्ट भएन, प्रधानमन्त्रीले जवाफ दिनुपर्‍यो,’ उनले भने ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए। प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमर्दन गरेको आरोप लगाए। नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्