नेपाल हङकङसँग पराजित

game-pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। हङकङले आज एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाललाई ७ विकेटले हराएको छ। जितसँगै हङकङले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान बनाएको छ।

नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियोे। मारिको हिलले ४५ रन बनाउदा नतासा मिल्सले २८ रनको योगदान गरिन्।

नेपालका लागि संगिता राईले २ विकेट लिदा सिता रानामगरले १ वकेट लिईन् । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो।

नेपालका लागि रुविना क्षेत्री र अप्सरी बेगमले नटआउट पारि खेले। रुविनाले ३२ तथ अप्सरीले २२ रन बनाए। यसैगरी बिन्दु रावल २३ रनमा पभेलियन फर्किइन्। सीता रानामगरले ९ रन बनाउदा ममता चौधरीले ९ तथा कबिता जोशीले ४ रन बनाइन्। बेटि चानले हङकङका लागि २ विकेट लिइन्।हङकङसँग नेपाल पराजित भए पनि सेमिफाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्