थप १९ जनामा कोरोना संक्रमण

लोकपाटी न्यूज
2 Shares

काठमाडौँ । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् ।

हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्