बेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल सुरु

लोकपाटी न्यूज
2 Shares

एजेन्सी । बेलायतमा रेल्वे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भिडले मङ्गलवार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तिका लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनका लागि आफ्नो कामबाट बाहिरिका छन् ।

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलवार बिहान बन्द भएपछि मानिसहरू घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भिड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गर्नुभएको छ । सन् १९७० को खराब पुराना दिनहरूको सम्झना पुनः आएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्