चाँडै मन्त्रिपरिषद् हेरफेर हुने नेता श्रेष्ठको भनाइ

लोकपाटी न्यूज
2 Shares

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्।

आज मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एसको निर्णय अनुसार केहीदिन भित्रै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।

उनले मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्र पनि समझदारी बन्नुपर्ने भएकाले केही ढिलो भएको बताए। मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने उनको दाबी छ।

उनले भने, त्यसमा कुनै दुविधा मान्नुपर्ने मैले देखेको छैन। चाँडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडी बढ्छ र हेरफेर हुन्छ। मलाई हाम्रो पार्टीको अध्यक्षले अब एकरदुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्