प्रधानसेनापतिद्वारा लेवनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्