विद्यार्थी दुर्व्यवहार घटना : दुई शिक्षकलाई थुनामा पठाउने आदेश

jail
लोकपाटी न्यूज
2 Shares

काठामाडौं । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्