न्यायाधीशले घुस मागेको अडियो सार्वजनिक भएपछि बोलाइयो न्यायपरिषद्को आकस्मिक बैठक

kathmandu_court
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौं रकम घुस मागेको अडियो सार्वजनिक भएको छ। न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो।

अडियोमा थुनामा रहेका तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने वकिल पोखरेलले न्यायाधीश कोइरालालाई भनेका छन्। अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ। अडिओ सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। गम्भीर विषयको अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई ठगी र संगठित अपराध कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो। अहिले तामाङ डिल्ली बजार जेलमा छन्। उनीविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्