गाउँपालिका अध्यक्षका छोराले नै तोडफोड गरे बाबु चढ्ने गाडी

morang_gadi_todfod pic
लोकपाटी न्यूज
2 Shares

विराटनगर। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। अध्यक्षका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन्।

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन्। मंगलवार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद हुँदा बैठक लम्बिएको थियो। बैठकको अन्त्यमा अध्यक्षले एमालेका केही वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए।

एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति राखेर तोडफोड गरेको जनप्रतिनिधिहरू बताउँछन्। अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएपछि सो विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको एक जनप्रतिनिधिले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्