अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ सय ५० को मृत्यु

earthquake
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन्। बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ। यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन्।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्। ती तस्बिरहरू पक्तिका प्रान्तका हुन्।
एक स्थानीय अधिकारीले बीबीसीलाई २ सय ५० जनाभन्दा बढीको ज्यान गएको र त्यो संख्या अझै बढ्न सक्ने बताएका छन्। १ सय ५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए। अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको थियो।अफगान सरकारले उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन दाताहरूलाई अनुरोध गरेको छ।