राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न बनेको टोली दाङमा

Bimala_oli
लोकपाटी न्यूज
2 Shares

दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री ९वली०को घटनामाथि छानबिन गर्न बनेको टोली दाङ आएको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको हो।

छानबिन समितिले एकराजकी पत्नी मीना भण्डारी, उनकी छोरी र उनका परिवारका सदस्यसँग छलफल गर्ने बताइएको छ। त्यस्तै, प्रहरी, प्रशासन र आवश्यक्ता अनुसार स्थानीय बासिन्दासँग पनि छलफल गरिने आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताए। उनका अनुसार समितिले बिहीबारसम्म दाङमै बसेर छलफल गर्नेछ।

राज्यमन्त्री वलीले केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतसँग आफ्नो कारोबार भएको भन्दै घरमै गएकी थिइन्। एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छन्। र, तुलसीपुर ५ बसपार्कस्थित घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतीसँग हात हालाहालको अवस्था भएको थियो। एकराजकी श्रीमती मीना बस्नेतले आफूमाथि हातपात गरेको भनी आरोप लगाएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्