दुर्व्यवहार छ हाम्रो समाजमा, भन्न सकिँदैन : अभिनेत्री मास्के

Deeya-maskey-Actress pic
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। अभिनेत्री दिया मास्केले आफ्नो जीवनमा घटेको यौन दुव्र्यवहारका घटनाबारे खुलासा गरेकी छन्। अभिनेत्री हुँदा हुँदै पनि उनले आफ्नो घटना भन्न नसकेको जनाउँदै एक अन्तरवार्तामा बाल्यकाल र विद्यालय जीवनमा भोगेका दुई घटनादेखि पछिल्लो समेत दुव्र्यवहार भोग्नुपरेको अनुभव बताएकी छन्।

दियाले दुव्र्यवहारविरुद्ध बोल्न जरुरी रहेको बताउँदै आफ्नो घटना सार्वजनिक गरेको बताइन्। उनले अन्तर्वार्तामा संसारमा सायदै कोही पनि केटी यौन दुव्र्यवहारमा नपरेका होलान् भनेकी छन्। ‘कहीँ ठूलो घटना घटेको छ र कहीँ सानोतिनो। सानो घटनाले पनि केटीलाई मनोवैज्ञानिक रूपमा जिन्दगी भर असर पार्छ’ दियाले भनिन्। उनले ‘जुन त लाग्यो ताराले’ गीतको समयको घटना साटेकी छन्। उनी त्यो समयमा आठ वर्षको रहेको र आफू सहितको बच्चाहरूको ग्रुप स्कुलमा रहेको बताएकी छन्। उनले बसमा आफू पनि सुतिरहेको समयमा आफूमाथि दुव्र्यवहार भएको बताइन्।

‘बसमा हामी खप्टेर सुतिरहेका थियौँ । हाम्रो पिरियड पनि भएको थिएन। ममाथि थिएँ सबैभन्दा। मलाई केही असजिलो महसुस भयो। आँखा खुल्यो मेरो। त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समाती राख्या थियो। त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला ? कम्तीमा त्यो मान्छे ३० वर्षको होला’ दियाले भनिन्। उनले आफूलाई आफ्नै स्कुलको एक शिक्षकले चुम्बन गरे पास गर्दिन्छु भनेको पनि सम्झिन्।

‘मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले। सिरियस्ली सर, तपाईंलाई अहिले मैँले भेटेँ भने म छोड्नेवाला छैन। तपाईंलाई म एक झापड चाहिँ दिन्छु’ उनले भनिन्। दियाले यी सबकुराहरु बाहिर ल्याउन निकै साहस चाहिएको पनि बताएकी छन्। उनले यी यस्ता घटनाले मनोवैज्ञानिक रूपमा जीवनभर पछ्याउने समेत बताइन्। उनले यस्ता भोगाइहरू एक वा दुई दशक पश्चात् पनि बाहिर आउने बताइन्। ‘दुव्र्यवहार छ हाम्रो समाजमा भन्न सकिँदैन, तर अहिले चाहिँ म भन्न सक्छु’ उनले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्