स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी

लोकपाटी न्यूज
2 Shares

काठमाडौं। स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन्। बुधबार बी एण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए। उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए। सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए।

उहाँले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बी एण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा र्पुयाउने गरी उपचार दिने बताए। सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरे। उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्