३१ अंकले घट्यो नेप्से

nepse-1
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। धितोपत्र बोर्डले निरन्तर शेयर बजार घट्नुको प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४र१२ को नीतिको भएको आरोप लगाएको भोलिपल्ट बजारमा ३१ अंकको गिरावट आएको छ।

बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताइरहँदा लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन्।

हिजो (मंगलबार) ३७ अंकले उकालो लागको बजारमा आज ९बुधबार० कारोबार रकम पनि एक अर्ब तलै खुम्चियो। सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समूहमा १ सय ५५ अंकले घटेको छ। यसैगरी जीवन बीमा १ सय ३२ अंकले ऋणात्मक रह्यो।

अरु, सबै समूहमा दोहोरो अंकको गिरावट आउँदा १ सय ७३ कम्पनीको शेयर मूल्य घटेकोे छ। १९ कम्पनीको मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ। बुधबार २ सय २९ कम्पनीको ३० लाख बढी कित्ता शेयर ८४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्