न्यायाधीश घूस प्रकरणबारे छानबिन गर्न समिति गठन

kathmandu_court
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। न्यायाधीश घुस प्रकरणका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। बुधवार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठनको निर्णय गरेको हो।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको संवादबारे छानबिन गर्न रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको कानूनमन्त्री गोविन्द बन्दीले जानकारी दिए।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्