कोभिड १९ को नेपाली अर्थतन्त्रमा प्रभाव : एक अध्ययन

Nimananda rijal
लोकपाटी न्यूज
52 Shares

डा. निमानन्द रिजाल

पृष्ठभूमि 

कोभिड २०१९ को समग्र बुझाई स्वास्थ्य सम्बन्धी समस्याको रूपमा बुझिएको भएता पनि यस्को प्रभावको रूपमा हेर्दा मानव जीवनका बहुआयमिक क्षेत्रमा असर गरेको पाइएको छ। यसले विश्व अर्थतन्त्रदेखि मानिसहरूलाई मानसिक रूपमा क्षतविक्षत बनाएको छ। नेपालीहरुले देश, विदेशमा जीविकोपार्जन गुमाउनुपरेका तथ्यहरू खोजिराख्नु पर्दैन। रोजीरोटीका लागि विदेशमा समेत जीवन गुमाएका छन्। नेपाल आउँदाआउँदै पनि बाटामै जीवन गुमाएका छन्।

सन् २०२० जनवरी २४ का दिन एक जना ३२ वर्षका विरामीमा देखिएको पुष्टि गरेको थियो। यसपछि महामारी विस्तारै फैलिदै गयो र मानिसहरूमा सन्त्रासको वातावरण देखा परेको थियो। महामारी विस्तारै आयतितबाट स्थानीय समुदायमा फैलिँदै गयो।

कोभिड १९ को पहिलो बिरामी डिसेम्बर २०१९ मा चीनको वुहानमा नयाँ कोरोनाभाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोनाभाइरस २, वा (SARS–CoV–2) को रूपमा पहिचान गरिएको थियो। यो रोग विश्वव्यापी महामारीका रूपमा फैलियो। सन् २०२० को पहिलो आधा वर्षमा नै महामारीको रूपमा फैलिएको थियो र विश्वलाई नै आक्रान्त बनायो। पछि यसलाई कोरोनाभाइरस डिजिज–१९ वा कोभिड–१९ नाम दिइएको थियो । (युएनडिपीले अध्ययन गरेको कोभिडको घटननक्रम अनुसूची–१ मा दिएको छ।)

यसको मानवमा छिटो श्वास प्रश्वासबाटै फैलिने प्रकृतिका कारण मानव स्वास्थ्यमा संकट उत्पन्न भयो। मानव जीवन संरक्षणका लागि उद्योग, यातायात, हिँडडुल आदिमा प्रतिबन्धका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित गरेको थियो र छ।

विश्वमा यस्ता आर्थिक संकटहरू पहिले पनि आएका थिए। यीमध्ये मुख्य रूपमा विश्वयुद्ध (१९१४, १९१७–२१, १९४५–४६), ग्रेट डिप्रेसन १९३०–१९३२, तेलबाट उत्पन्न संकट (पेट्रोलियम) मूल्य उतार–चढाव १९७५, १९८२) र २००८ वित्तीय संकट आदि थिए।२ तर, कोभिड १९ ले निम्ताएको स्वास्थ्य संकटबाट उत्पन्न भएको वर्तमान विश्वव्यापी आर्थिक मन्दी पहिलेका मन्दीहरूभन्दा फरक देखा पर्‍यो। यस विश्वव्यापी महामारीले जनस्वास्थ्य र मानव जीवनमा ठूलो क्षति पुर्‍याइरहेको छ। यो महामारीले विश्वको आर्थिक असर निम्न तालिकाबाट प्रष्ट हुन्छ।

1_page-0001

यो तथ्यांक सन् २०२० मा लिएको हो र यसले सन् २०२० मा विश्वको समग्र रूपमा आर्थिक बृद्घि ( नकारात्मक) – ३.३ देखाउँछ भने उदीयमान र विकासोन्मुख एसियाको (नकारात्मक) – १.० देखिन्छ। यस्तै न्युन आय भएका विकासशील देशहरूको शून्य ० आर्थिक बृद्घिदर देखाउँछ। अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२२ को लागि गरेको आर्थिक बृद्घिदरको प्रक्षेपण पनि माथिको तालिकामा देख्न सकिन्छ।

नेपालमा कोभिड १९ को अर्थिक क्षेत्रगत प्रभावको विश्लेषण

विश्वबैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका कन्ट्रिनिर्देशकले सन् २०२० सेप्टेम्वरमा भनेका थिए “कोभिड १९ को महामारीले नेपालभरिका मनिसहरूमा असर परेको छ भने, विशेषगरी अनौपचारिक क्षेत्रका कामदारहरूको जीविकोपार्जनमा सबैभन्दा गम्भीर असर गरेको छ। यसले सामाजिक सुरक्षा वा सहायता नभएका व्यक्तिहरू अति गरिबीको चपेटामा पर्ने जोखिम सिर्जना गरेको छ। नेपालले २४ मार्च २०२० बाट कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लकडाउन लागू गर्‍यो र सेप्टेम्बर २०२० को पहिलो सातादेखि आंशिक रूपमा खोलिएको थियो। करिव ८/९ महिना लामो बन्दले नेपालको आर्थिक वृद्धि नकारात्मक –२.१२ मा झर्‍यो। यो करिब दुई डिकेडमा पहिलोपल्ट भयो। यो महाभूकम्प २०७२ को भन्दा ठूलो आर्थिक घाटा थियो। कोभिड महामारीबाट जीवन रक्षाका लागि गरिएको लकडाउनले मानिसहरूको शारीरिक, मानसिक, सामाजिक, आर्थिक र आध्यात्मिक स्वास्थ्यलाई समेत असर गरेको थियो र कमजोर अर्थिक अवस्था भएका जनसंख्यालाई जिविकोपार्जनमा ठूलो चुनौती थपेको थियो। मानिसहरू, संघसंस्थाहरूले बिहान बेलुका खाना खुवाउने भण्डारण खोलेका थिए र सञ्चारमाध्यमहरूले समन्वय गरिरहेका पनि थिए। २०२१ मा केही सुधार देखिएको थियो भने २०२२ का अप्रीलमा आइपुग्दा उदीयमान तथा विकासशील युरोपका अर्थतन्त्र −२.९ बाहेकको अर्थन्त्रमा सुधारको अवस्था देखियो। भ्याक्सिनले कोभिड फैलिने अवस्थाबाट केही राहात मिलेको थियो।

कोभिड १९ को क्षेत्रगत आर्थिक प्रभाव

कोभिड–१९ को क्षेत्रगत प्रभावको समग्रमा अनुसन्धान भइसकेको छैन। यद्यपि, मूल र सबैभन्दा बढी प्रभाव राख्ने क्षेत्रहरूको अवस्था निम्नानुसार देखियो।

१. कृषि (Agriculture)

नेपालमा आय, रोजगारी र खाद्य सुरक्षाका हिसाबले कृषि क्षेत्र अर्थतन्त्रको प्रमुख क्षेत्र हो। चालु आर्थिक वर्ष २०१९/२० मा कुल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन) को योगदान २७.७ प्रतिशत रहने अनुमान गरिएको थियो। कृषि बाली, पशुपालन र माछापालनहरू कोभिड–१९ को प्रभावबाट बाहिर छैनन्। कृषि प्रधान देश भएकाले यात्रा प्रतिबन्ध र लकडाउनले नेपालमा खाद्यान्न उत्पादन र वितरणलगायत खाद्यान्न आपूर्ति श्रृंखलाका हरेक चरणमा असर परेको छ। आपूर्तिमा उल्लेखनीय कमी र प्रशोधन कम्पनी र उचित बजार बन्द भएपछि किसानहरू दूध र तरकारीहरू फ्याँक्न बाध्य भएका थिए।

लकडाउनको कार्यान्वयनले कृषिलगायत देशका सबै क्षेत्रमा असर गरेको छ। कृषकको उत्पादन बजारमा बेच्न पूर्णतया रोकियो जसले गर्दा आम्दानी र खाद्यान्नमा असर परेको थियो । कृषि सामग्री आपूर्तिमा अवरोधका कारण बीउ, मल, भेटेरिनरी औषधि र पशुपन्छीको दानाको अभाव भएको छ। यसबाहेक, गहुँ र दालको फसलमा ढिलाइका साथै तरकारी उत्पादन (मुख्य उच्च आम्दानी बाली), धान र मकैको लागि भूमि तयारीमा ढिलाइ भएको रिपोर्ट गरिएको छ। वसन्त मकै र धान (मुख्य बाली) को ढिलो रोपणले समग्र कृषि उत्पादन र किसानहरूको जीविकोपार्जनमा दीर्घकालीन असर पार्न सक्छ। लकडाउनका कारण रोजगारी र आम्दानी गुम्ने समस्याले जोखिममा रहेका जनतालाई थप खाद्य समस्या र कुपोषणमा धकेलेको थियो।

11

कृषि लगायत अन्य क्षेत्रमा पारेको असर र चार्टमा प्रष्ट दिइएको छ। कृषि क्षेत्रमा उत्पादनमा केही राहत भएपनि अन्य क्षेत्र धरासायी भएको यो चार्टमा प्रष्ट देखिन्छ। सेवाका क्षेत्रहरू, उद्योगहरू सबैको अवस्था नाजुक छ। यो अहिले २०२२ सम्म आइपुग्दा पहिलेको अवस्थामा आउन संघर्षरत छन्।

२. विप्रेषण (Remittance)

रेमिट्यान्स नेपालजस्ता विश्वका धेरै विकासोन्मुख देशहरूको प्राण हो। नेपालको ठूलो संख्यामा खाडी लगायत अन्य देशहरूमा कामको खोजीमा गएका छन्। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालमा रेमिट्यान्स आप्रवाहको स्थिति, नेपालले आर्थिक वर्ष २०१८/१९ मा कुल नेरू ८७९.३ बिलियन (अमेरिकी डलर ७.८. बिलियन) रेमिट्यान्स प्राप्त गरेको थियो, जुन नेपालको जिडिपिको २५.४ प्रतिशतको योगदान हो। यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढाउन प्रमुख श्रोत बनेको छ। यसले देशको गरिबी दर घटाउन मद्दत गरिरहेको छ।

सन् २०२० को जनवरीदेखि फैलिएको कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र, समाज, राजनीति र संस्कृतिमा धेरै मापदण्डहरू परिवर्तन गरेको देखिन्छ। कोभिड–१९ महामारीका कारण रेमिट्यान्स आम्दानीमा गम्भीर असर परेको छ, थियो। आम्दानी अघिल्लो वर्षको अवधिमा १६.०% ले बढेपछि फेब्रुअरी २०२० को मध्यमा ०.२% घट्यो। रेमिट्यान्स प्रति आर्थिक वर्ष लगभग ४.८ विलियन युएस डलरको वा २६ प्रतिशत विदेशी मुद्राआर्जनको प्रमुख स्रोतमध्ये एक हो। रेमिट्यान्सको तीव्र गिरावटले नेपालको विदेशी मुद्रा रिजर्भमा गिरावट आउने छ। अथवा कमजोर बनाउनेछ।

नेपालमा कोभिड–१९ सङ्कटका कारण विदेशबाट नेपाली कामदारहरूका फर्किरहेका थिए । नेपालले २४ मार्च २०२० देखि २१ जुलाई २०२० सम्म लकडाउन गरेको थियो। त्यस क्रममा अनुमानित ८,००,००० प्रवासी कामदारहरू मध्यपूर्व र भारत जस्ता ठाउँहरूबाट घर फर्किएका थिए।

३. पर्यटन क्षेत्र (Tourism Sector)

पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय असरः– UNWTO का अनुसार कोभिड १९ फैलिनबाट रोक्न २० अप्रिल २०२० मा १०० प्रतिशत विश्वव्यापी रूपमा यात्रामा प्रतिबन्ध भएको थियो। यसले विश्वभरि यात्रा गर्ने ६ करोड ७० लाख मानिसहरू पर्यटकीय लगायत अन्य यात्राबाट पनि बञ्चित भएका थिए। सोही समयको अघिल्लो वर्षसँग तुलना गर्दा ८० बिलियन अमेरिकी डलर बराबरका सो वर्षको पहिलो क्वाटरमा निर्यात घाटा भएको थियो। यसको असर नेपालमा पनि भारी मात्रामा परेको थियो।

Capture-1

कोभिड १९ ले पर्यटनमा पारेको असर

कोभिड–१९ बाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र हो। सन् २०१९ मा पर्यटक आगमन २.१ प्रतिशतले बढेको थियो भने २०२० मा ८०.८ प्रतिशतले घटेको थियो भने सोही अवधिमा विदेशी मुद्रा आर्जनमा ७०.० प्रतिशतले कमी आएको छ। २०२० मा कुल पर्यटक आगमन संख्या २३०००० मा सीमित थियो। सन् २०२१ मा पनि पर्यटकको आगमनमा ह्वात्तै कमी आयो। पर्यटक आगमनमा कमी आएकोले विदेशी मुद्रा आर्जनमा पनि कमि आएको थियो।१५ सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानबाट ४१ लाख ३८ हजार ७६४ रहेकोमा सन् २०२० मा ७३ प्रतिशतले घटेर ११ लाख ५ हजार ५८ रहेको थियो।

नेपालमा विस्तारै पर्यटकहरूको आगमनमा वृद्धि भएको तथ्य नेपाल पर्यटन बोर्डले मे २०२२ मा प्रकाशन गरेको तथ्यले देखाउँछ । उक्त प्रकाशनअनुसार ३०,७२२ विदेशी पर्यटकहरूको आगमन भएको थियो भने यस्तै वाहिर गएर फर्किएका नेपालीहरूको आगमन ५६९३८ भएको उल्लेख छ।

ट्रेकिङ ट्रेलमा परेको असर

यो क्षेत्रमा धेरैजसो पोर्टर र गाइडहरू छन्। यी नेपालमा कति छन्, यकिन तथ्यांक कतै भेटिँदैन। १६५० को हाराहारीमा ट्रेकिङ एजेन्सीहरू दर्ता छन्। यी एजेन्सीहरूमा काम गर्ने जनशक्ति १ लगभग एक लाख छ। टान, पर्यटन मन्त्रालय आदिले यिनको एकिन तथ्यांक राख्न सकेको देखिँदैन। शेर्पा समुदायबाट कतिको संख्यामा माउन्टेनेरिङ गाइडको रूपमा काम गर्दछन्, त्यसलाई कसैले डाटावेशमा ल्याएको भेटिँदैन।

यो जनशक्ति सिजनल रूपमा काम गर्दछ। यिनको अवस्थामा कोभिड १९ ले कति असर गरेको छ ? भन्न सकिने अवस्था छैन। यिनीहरू रजिष्टर्ड छैनन्। टानले फुडबैंक खोलेर यो अत्यावश्यक जनशक्तिलाई सहयोग गर्न आवश्यक छ।

सन् २०१९ मा नेपाल आउने ११ लाख ९७ हजार १९१ पर्यटकहरूमध्ये २६३५३ पर्यटक अध्यागमन विभागबाट अनुमति लिई पदयात्रामा गएको देखिन्छ। नेपालमा पर्यटकहरूको सरदर बसाइ १३ दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च ५४ अमेरिकी डलर रहेको छ। यसरी हेर्दा पदयात्रामा जाने पर्यटकहरूको सरदर बसाइ नै १५–२० दिन हुने गर्दछ भने उनीहरूले गर्ने खर्च पनि स्वाभाविक रूपमै बढी हुन्छ।’१८ औसत बसाइ १८ दिनको हुन आउँछ। यो बसाइमा २ करोड ५६ लाख १५ हजार ११६ अमेरिकी डलरको नेपालमा बसाइको समयमा गर्दछन्। सन् २०२० देखियता पर्यटन व्यवसाय ह्रासउन्मुख हुँदै २०२२ मा आएर सुधारउन्मुख छ। यससँग आवद्ध जनशक्ति, यातायात व्यवसाय सबैमा असर परेको प्रष्टै देखिन्छ भने पैदलमार्गमा पर्ने होटल व्यवसायहरू धरासायी भएका थिए।

Capture-2

एसियाली विकास बैंकका अनुसार उद्योगमा १.७ अरब देखि ४.२ अरब रुपैयाँसम्मको आर्थिक नोक्सान भएको अनुमान छ भने सेवा क्षेत्रमा ५ अर्ब ७ करोड रुपैयाँदेखि ९ अर्ब ९८ करोड रुपैयाँसम्मको आर्थिक नोक्सानी रहेको छ। कोभिड १९ले नेपालको अर्थतन्त्रमा पारेको क्षति नेरू ८.५ देखि १६.९ बिलियनसम्मको अनुमान गरिएको छ।

विश्व बैंकले २०२० मा १.५ प्रतिशत र २.८ प्रतिशत र सन् २०२१ मा १.२ प्रतिशत र २.९ प्रतिशतको बीचमा वृद्धि हुने अनुमान गरेको छ, कोभिड–१९ को असर रेमिट्यान्समा आएको मन्दी, व्यापार र पर्यटकहरूको आगमनमा आएको कमि यस्तै सेवा र औद्योगिक उत्पादनमा समेत कमि भएकोले अर्थतन्त्रमा संकुचन आएको हो।

नेपालको पर्यटन क्षेत्रको विकासको ग्राफ माथि चढिरहेको थियो र होटल व्यवसायीहरू उत्साहित भइरहेका थिए, नयाँ–नयाँ होटलहरूमा लगानी भइरहेको थियो। सन् २०१८ मा पर्यटकहरूको आगमन ११,७३०७२ भएको थियो भने २०१९ मा ११९७१९१ भित्रिएका थिए। यो आगमनले उत्साहित भएकोले नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल घोषणा गरेको थियो।११ कार्यक्रमहरू सञ्चालन भइरहेका थिए। यस्तो समयमा कोभिड १९ ले नेपालीहरूको विकासको आधारलाई चकनाचुर बनाइदियो।

४. होलसेल र खुद्रा व्यापार

नेपालमा अनौपचारिक क्षेत्रले आर्थिक क्षेत्रलाई सन्तुलन राख्न निकै सहयोग पुर्‍याएको छ। यी क्षेत्र भनेका साना खुद्रा ब्यापारीहरू, साना किसानहरू, निर्माण क्षेत्रका पेटि ठेक्का पट्टा, दैनिक मजदुरी ज्यालामा जीवन चलाउने पर्दछन्। यो क्षेत्रले १४.३७ प्रतिशत ओगटेको छ ।१२ होलसेलमा सामान ल्याउने एकतप्का छ भने, त्यही सामान लिएर साना व्यापारीहरूले जीवन सञ्चालन गरिरहेका छन्। तेश्रो विश्वबाट सामान आउन संकट भयो र यातायात, मानिसहरूको खानादेखि बाहेकका सामानहरूमा खर्च कम गर्न लागेकाले अनौपचारिक क्षेत्र पनि नराम्रो मारमा पर्‍यो। कृषि क्षेत्रमा उत्पादन भएका वस्तुहरू बजारमा जान सकेनन्। कतिपय स्थानमा उत्पादनलाई नष्ट गर्ने अवस्था सिर्जना भयो।

५. शिक्षामा कोभिड १९ को असर (Impact on Education of COVID-19)

कोभिड २०१९ अत्यन्तै आक्रान्त भएको विषय हो शिक्षा। शिक्षा पनि अर्थ हो ? भन्ने प्रश्न उठ्न सक्छ। शिक्षा आर्थिक विकासको एक मेरुदण्ड हो, किनकि यसले अर्थतन्त्रलाई व्यवस्थित गर्नेदेखि प्रत्यक्ष उत्पादनमा समेत लाग्दछ। राज्यले यो कडीलाई बुझेर लागू गर्न आवश्यक छ।
सिकाइ घन्टामा प्रत्यक्ष असर ८ देखि झण्डै एक वर्षसम्म बिथोलिएको शिक्षाले पारेको असर दूरगामी हुन्छ। मे २०२० को दोस्रो सातासम्म, युनेस्कोले नेपालमा लगभग ९० लाख (८,७९६,६२४) विद्यार्थीहरू महामारीले गर्दा विद्यालय/विश्वविद्यालय बन्द भएका कारण प्रभावित भएको अनुमान गरेको छ। यसमध्ये ९५८,१२७ (११%) पूर्वप्राथमिक, २,४६६,५७० (२८%) प्राथमिक, ३,४६३,७६३ (३९%) माध्यमिक र ४०४,७१८ (५%) उच्च शिक्षामा छन्।

सन् २०२० को अप्रिलको मध्यसम्ममा, विश्वभरका ९४ प्रतिशत शिक्षार्थीहरू महामारीबाट प्रभावित भएका थिए, जसमा १ अर्ब ५८ करोड बालबालिका र युवाहरू पूर्वप्राथमिकदेखि उच्च शिक्षासम्मका २०० देशहरूमा परेको प्रभाव गणनाभन्दा बाहिर छ, किनकि यसले लामो समयसम्म प्रभाव पार्ने छ। बालबालिकाको समग्र व्यक्तित्व विकास गर्न। सामान्य समयमा बालबालिकाको पढाइ पनि निकै नाजुक बन्दछ। सन् २०२१ मा पनि सरकारले पुन विद्यालयहरू बन्द गरेको थियो, यसरी बन्द हुँदा विद्यार्थीहरूले दुवैपटकको बन्दमा १५०० जति सिकाइ घन्टा गुमाएका छन्। विश्वविद्यालयहरूमा झन्डै ५ लाख विद्यार्थीहरू अध्ययनरत थिए। यसलाई तथ्यांकमा राख्दा देशको नोक्सान खरवौं आउँछ। एदाहरणका लागि एक विद्यार्थीले १५०० जति सिकाइ घन्टा गुमाउँदा, देशले गुमाउनेको चेन इफेक्ट पर्दछ ? के हिसाव निकाल्न सकिन्छ। समय र उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति एक वर्ष पछाडि पर्दा कतिको नोक्सान होला, यो अनुमान बाहिरको कुरा हो।

कोभिड १९ बाट सिक्नुपर्ने पाठ

नेपालले आफनो अर्थतन्त्रलाई विदेशि उत्पादनमा निर्भर गरेको पाइन्छ। तर कोभिड १९ ले दिएको संकेत गरेको के हो भने, हरेक क्षत्रमा आफ्नो उत्पादनमा संलग्न हौं। यस्ता महामारी पहिला पनि आएका थिए र आई नै रहन्छन्। यस्ता महामारीसँग जुध्ने क्षमताको विकास देश आफैले गर्नुपर्दछ। आफनो जनशक्तिको विकास, अनुसन्धानका वातावरणको सिर्जना र लगानीको आवश्यकता छ। रेमिट्यान्सको अर्थतन्त्रबाट देशको विकास हुन सक्दैन। त्यसका लागि दक्ष जनशक्तिलाई देशमै प्रयोग गर्न आवश्यक छ।

नेपालका अर्थतन्त्रमा कोभिडले थपेका चुनौतीहरू

– विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रहरूमा प्रमोशनका कार्यहरू गर्ने, यी क्षेत्रहरूमा एन.आर.एन.लाई लगानीको सहज वातावरण तयार गर्ने।

– नेपालमा छिटो उद्योग निर्माण गर्ने, जसका लागि बाटो, पानी र जमिन सरकारले जिम्मा लिने।

– कृषिमा कम्प्यारेटिभ एडभान्टेजको अध्ययन गर्ने र छिमेकी देशहरूमा निर्यातको वातावरण तयार गर्ने।

– हरेक घरमा विद्युतीय चुल्होहरू प्रयोग गर्ने, त्यसको उत्पादन नेपालमै गर्ने र प्रयोगलाई सहज बनाउन पहिलो चरणमा सवसिडाइज्ड दरमा विद्युत प्राधिकरणले नै किस्ताबन्दीमा उपलब्ध गराउने।

– खाना पकाउने विद्युतीय उद्योगको स्थापना पीपीपी मोडेलमा गर्ने।

– कोभिडबाट उठ्न नसकेका उद्योगहरूको अध्ययन गर्ने र उनीहरूलाई उठाउन सहयोग गर्ने।

– नेपालमा युवाहरूलाई रोजगार सुनिश्चित गर्ने, त्यसको वातावरण तयार गर्ने।

– विद्युतीय सवारी साधन सञ्चालन र उत्पादनको वातावरण तयार गर्ने र पीपीपी मोडेलमा जाने।

– अन्तरप्रदेशमा सरकारले विद्युतीय सवारीसाधन सञ्चालन गर्ने।

– विद्युतीय सवारी साधनमा लाग्ने अन्तशुल्क मिनाहा गर्ने । यसले परनिर्भता घटाउन मद्यत गर्दछ। यससँग सम्बन्धित उद्योगहरू देशमै सञ्चालनमा ल्याउने।

– कोभिडका कारण धरासायी भएका उद्योग, होटल व्यवसायहरूलाई थप सहयोग र सहुलियत प्रदान गर्ने।

निष्कर्ष

नेपालमा कोभिडले थला पारेको अर्थतन्त्र तंग्रिन सकिरहेको छैन। यसमा विश्व अर्थतन्त्रमा आएको संकुचनको असर र त्रासले पनि काम गरेको छ। कोभिडपछि हरेक मानिसको क्रयशक्तिमा ह्रास आएको छ। यसले पर्यटनलाई सहयोग पुर्‍याउने होटल, यातायात जस्ता व्यवसायमा असर गरिरहेको छ। अन्य साना उद्योगमा असर गरिरहेको छ। कोभिडको महामारीबाट अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन प्राइभेट सेक्टर र सरकारले हातेमालो गरेर कोभिडले सिकाएका पाठहरूलाई ध्यान राख्दै कार्यक्रम तर्जुमा गरी उत्पादनमा लाग्न आवश्यक छ र आयतलाई प्रतिस्थापन गर्ने दिशामा अर्थतन्त्रको स्टेरिङ्ग सञ्चालन गर्न र एक्सिलीरेशन ठिक ढंगले गर्न आवश्यक छ।

०००००

सन्दर्भ सामग्री

1.Kamal P. Panthhe* and Chandrakant. N. Kokate: (2021) .Impact of covid-19 on tourism sector in Nepal :Sustainability, Agri, Food and Environmental Research, (ISSN: 0719-3726), 9(1), 2021: 107-126 http://dx.doi.org/10.7770/safer-V0N0-art2366

2.Economic Survey 2020/21: Ministry of Finance Government of Nepal.

3.Economic Survey 2020/21: Ministry of Finance Government of Nepal.

4.Source: International Monetary Fund, April 2021 *Projection

5[1]Akash Shrestha:[email protected] : World Bank  Press Release October 2020.COVID-19 impact on Nepal’s economy hits hardest informal sector.https://www.worldbank.org/en/news/press-release/2020/10/08/covid-19-impact-on-nepals-economy-hits-hardest-informal-sector: Faris Hadad-Zervos, World Bank Country Director for Maldives, Nepal and Sri Lanka.

6.Economic Survey 2020/21 : Ministry of finance , Government of Nepal.https://www.mof.gov.np/uploads/document/file/1633341980_Economic%20Survey%20(Engslish)%202020-21.pdf

7.Poudel K and Subedi P (2020) Impact of COVID-19 pandemic on socioeconomic and mental health aspects in Nepal. Int J Soc Psychiatry 66(8):748-55.

8.Economic Survey 2020/21 : Ministry of finance , Government of Nepal.https://www.mof.gov.np/uploads/document/file/1633341980_Economic%20Survey%20(Engslish)%202020-21.pdf

9.Poudel K and Subedi P (2020) Impact of COVID-19 pandemic on socioeconomic and mental health aspects in Nepal. Int J Soc Psychiatry 66(8):748-55.

10.Kamal P. Panthhe* and Chandrakant. N. Kokate:

Sustainability, Agri, Food and Environmental Research, (ISSN: 0719-3726), 9(1), 2021: 107-126 http://dx.doi.org/10.7770/safer-V0N0-art2366

11.Economic Survey 2020/2021: https://www.mof.gov.np/uploads/document/file/1633341980_Economic%20Survey%20(Engslish)%202020-21.pdf Retrieved on 23/5/2022

12.Ministry of Culture, Tourism & Civil Aviation( 2020) : Tourism in statistics 2020, Singhdurbar,Website: www.tourism.gov.np.

13.Economic Survey 2020/2021: https://www.mof.gov.np/uploads/document/file/1633341980_Economic%20Survey%20(Engslish)%202020-21.pdf Retrieved on 23/5/2022

14.UNDP: (2020)https://www.undp.org/nepal/publications/rapid-assessment-socio-economic-impact-covid-19-nepal

15.Sustainability, Agri, Food and Environmental Research, (ISSN: 0719-3726), 9(1), 2021: 107-126 http://dx.doi.org/10.7770/safer-V0N0-art2366

16.UNDP: (2020)https://www.undp.org/nepal/publications/rapid-assessment-socio-economic-impact-covid-19-nepal

17:    Government of Nepal Ministry of Home Affairs Department of Immigration:

https://www.immigration.gov.np/post/arrival-departure-may-2022 , Retrieved on June 13, 2022

18: Kuleshwor Aryal :  (2077) kbofqf ko{6gsf] k|j4{g dfkm{t\ u’0f:t/Lo ko{6gsf] cfwf/ lgdf{0f  -Creation of Quality Tourism  Base  through  the  Promotion of Trekking Trial), Published by Government of Nepal Ministry of Home Affairs Department of Immigration : Ahyagaman Prakashan- No -2.  : www.nepalimmigration.gov.np  Retrieved on June 13, 2022.

19: Dawadi, Saraswati; Giri, Ram; Simkhada, Padam (2020): Impact of COVID-19 on the Education Sector in Nepal – Challenges and Coping Strategies. Sage Submissions. Preprint. https://doi.org/10.3

  1. Rijal, Nimananda, A Study of Online Classes to Identifying Its’ Effectiveness from the Perspective of Parents, Teachers, and Students of Kathmandu- Nepal (July 25, 2021). Available at SSRN: https://ssrn.com/abstract=3893113or http://dx.doi.org/10.2139/ssrn.3893113

अनुसूची – १

777
स्रोत : युएनडिपि (२०२०)

(2020)https://www.undp.org/nepal/publications/rapid-assessment-socio-economic-impact-covid-19-nepal

विश्वमा कोरोनाको अवस्था

Globally, as of 6:43pm CEST, 24 May 2022, there have been 523,786,368 confirmed cases of COVID-19, including 6,279,667 deaths, reported to WHO. As of 22 May 2022, a total of 11,752,954,673 vaccine doses have been administered.

9999

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्