बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन

Sitake_Chyau
लोकपाटी न्यूज
7 Shares
  • राजेन्द्र बिक

बाजुरा। बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गरिएको छ। कृषि विकास निर्देशनालय दिपायलको अनुदान तथा कृषि ज्ञान केन्द्र बाजुराको प्राविधिक सहयोगमा बाजुरामा पहिलो पटक सिताके च्याउ उत्पादन गर्न किसान सफल भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए।

उनका अनुसार बडिमालिका नगरपालिका वडा-३ रजालीका कृषक रामबहादुर खड्काले जिल्लामै पहिलो पटक सिताके च्याउ उत्पादन गरेका हुन्। खड्काले करिब १ लाख पचास हजारको लगानीमा एक सय वटा काठको मुढामा सिताके च्याउको खेती गरेको जैशीले बताए। खेती गरेको करिब ९ महिना पछि सिताके च्याउ फल्न सुरु भएको कृषक खड्काले जानकारी दिए।

अहिले खड्काको च्याउ बगानमा व्यापक मात्रामा सिताके च्याउ उत्पादन भएको छ। पौष्टिक तथा औषधीय महत्त्व धेरै भएकोले महँगो मूल्यमा बिक्री वितरण हुने ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताए। यो च्याउ धेरै मीठो पनि हुने हुँदा उपभोक्ताहरूको धेरै रोजाइमा पर्ने गरेको रजालिका स्थानीय दलबहादुर खड्काले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्