रवि लामिछानेको पार्टीविरुद्ध उजुरी हाल्ने उनकै दाइ हरिशरण

पार्टी पनि कतै स्वतन्त्र हुन्छ त ?

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उम्मेदवारी दिने समूहमा उनकै दाइ हरिशरण लामिछाने पनि संलग्न रहेको पाइएको छ ।

पार्टीको नामले स्वतन्त्र शब्दको मर्ममै प्रश्न उठाएको भन्दै उक्त नाम नदिन ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल’ नामक समूहले आयोगमा उजुरी दिएको छ । उक्त समूहमा रविका दाजु हरिशरण लामिछाने पनि देखिएका छन् ।

हरिशरणले आयोगमा उजुरी दिनुभएको कुरा जायज हो रहेको बताउँदै पार्टी पनि कतै स्वतन्त्र हुन्छ त ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा चुनावमा हरिशरण काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेको उनका भाइ रविले हिजो (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । रविले दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्