विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट

Tax pic
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। सरकारले नियमित विवरण बुझाउने प्राइभेट र्फम तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरी छुट दिने भएको छ। कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट सुविधा पाउने छन्।

जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरूले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ।

चालू आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा पनि यो व्यवस्था थियो। सरकारको निर्णयपछि आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक विवरण नबुझाउने कम्पनीहरूले आर्थिक लाभ पाउनेछन्। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्