संघीय निजामती सेवा ऐनमा चरम बेवास्ता : मन्त्रीकै जालझेलले रोकियो

samanne mantralaye pic
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। मुलुकको कर्मचारी प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र अन्य केही मन्त्रीको जालझेलका कारण संघीय निजामती सेवा ऐन आउने बाटो अवरुद्ध भएको हो।

सरकारले चालू प्रतिनिधिसभाको अधिवेशन अन्त गर्ने तयारी गरेकाले यसपटक पनि संघीय निजामती सेवा ऐन संसद्बाट नआउने निश्चित भएको छ। तर, संसद सकिएलगत्तै अध्यादेशको चोरबाटो प्रयोग गरेर सो कानुन ल्याउने तयारी गरिएको मन्त्रालय स्रोतको दाबी छ। देशको मुख्य प्रशासन हाक्ने दूरगामी महत्वको ऐन अध्यादेशबाट ल्याउन नहुने सुझाव प्रशासनविद्ले दिँदै आएका छन्।

प्रतिनिधिसभामा झन्डै साढे दुई वर्षदेखि रहँदै आएको संघीय निजामती सेवा विधेयक केही समयअघि सरकारले फिर्ता लिएको थियो। विधेयक फिर्ता लिएर नयाँ रूपमा पुनः संसद्मा जाने आशा गरिए पनि सरकारको चरम बेवास्ताका कारण सो विधेयक यसपटक संसदमा जान सकेन।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठको मुख्य विजनेश नै संघीय निजामती सेवा ऐन ल्याउनुरहेको छ। तर, उनी आफ्नो बिजनेसमा असफल देखिएका छन्। सो विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन ल्याउने विषयमा सरकार पूर्णरूपमा गैरजिम्मेवार देखिएको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्