काठमाडौं। प्रहरी निरीक्षक राजु कुर्मी पदमुक्त भएका छन्। गृह मन्त्रालयले कुर्मीलाई पदबाट बर्खास्त गरेको हो। प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरिएको हो।
मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासमा रहँदा आर्थिक अनियमितता गरेकोसमेत आरोप थियो।
कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ। आफ्नै संगठनविरुद्ध ‘गतिविधि गरेको’ भन्दै उनलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो।