नेपाल प्रहरीमा नयाँ इतिहास : चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस

dig mahila
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले १७ प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पदमामा बढुवाका लागि सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले जानकारी दिइन्। जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन्।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह परेका छन्। त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डिआइजीको बढुवामा सिफारिस भएका छन्।

१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए। यो पटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी पनि थिए। ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजी भएका छन्। सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरेर नेपाल प्रहरीमा इतिहास कायम गरेको छ।

प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका थिए। यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए। अहिले चारजना डीआईजी भएमा प्रहरीमा नयाँ इतिहास बनेको छ। प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन्। डीआईजी पूजा सिंह अहिले एआईजी बढुवा सिफारिसमा परेकी छन्। अहिले डीआईजी बन्ने ब्याचबाटै सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्