कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

लोकपाटी न्यूज
2 Shares

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ। बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो। कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ। भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्