गोरखाको थुमीमा केन्द्र बनाएर भूकम्प

लोकपाटी न्यूज
2 Shares

गोरखा। गोरखामा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ। बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो।

आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ। क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्