मन्त्री अथकको पहलमा बाँकेमा १८७ योजना (सूचीसहित)

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। बाँकेमा आर्थिक वर्ष २०७९/८० मा १ सय ८७ विकासका आयोजनाका लागि बजेट विनियोजन भएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’को पहलमा १ सय ८७ योजनाका लागि बजेट विनियोजन भएको मन्त्री अथकका स्वकीय सचिव दिलीप सोनी जानकारी दिए।

जसमध्ये सबैभन्दा धेरै खानेपानीको योजना रहेका छन्। खानेपानी मन्त्रालय अन्तर्गतका बाँकेमा ५४ योजनाका लागि बजेट विनियोजन भएको सोनीले जानकारी दिए। मन्त्री अथकको मन्त्रालयबाट भने जिल्लामा विभिन्न ११ योजनालाई बजेटले सम्बोधन गरेका छ। खेलकुद मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० बजेट घटेर आएको थियो।

त्यस्तै, बाँकेमा भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत ३८, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत १७, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत ८, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत८, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत५, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ६, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत ४, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ८, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तरगत १२, शहरी विकास मन्त्रालय अन्तरगत १६ योजनाका लागि बजेट विनियोजन भएको छ।

बाँकेलाई सुविधा सम्पन्न बनाउनको लागि मन्त्री अथको निरन्तरको प्रयासपछि आर्थिक वर्ष २०७९/८० मा ठूलो संख्यामा योजनाहरू पार्न सम्भव भएको सोनी बताउँछन्। मन्त्री अथक बाँकेको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको उनको भनाई छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्