‘नोट्स’ फिचरको परीक्षण गर्दै ट्विटर

Twitter
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। सामाजिक सञ्जाल ट्विटरले लामो पोस्ट राख्न मिल्ने नयाँ फिचर ल्याउने भएको छ। बुधवार ट्विटरले लामो पोस्ट राख्न सकिने ‘नोट्स’ फिचरको परीक्षण गर्न गइरहेको बताएको हो।

यो फिचरसँगै मानिसहरूले ट्विटरमा लामो टेक्स्ट राख्न सक्छन्। ट्विटरले अहिले नयाँ फिचरको विषयमा काम भइरहेको र केही सीमित लेखकलाई मात्र यसमा पोस्ट गर्ने अधिकार प्रदान गरिएको बताएको छ। यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन।

अहिले ट्विटरमा २८० अक्षरको ट्विट मात्र गर्न सकिन्छ। यो फिचर करिब पाँच वर्षअघिदेखि परीक्षण हुँदै आएको छ। गत अप्रिल महिनामा ट्विटरले आगामी दिनमा आफ्नो ट्विट इडिट गर्न सकिने फिचर ल्याउने तयारी गरिरहेको बताएको थियो। अर्बपति इलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिदको सम्झौता गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्