१४ औँ चरणको कक्षा सञ्चालन गर्दै मार्क्सवादी ज्ञान केन्द्र

Center for Marxist Study
लोकपाटी न्यूज
13 Shares

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले सात दिने नयाँ कक्षा सञ्चालन गर्ने भएको छ। असार १३ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट १४ औँ चरणको कक्षा सञ्चालन गर्न लागेको हो।

कक्षा विगतको भन्दा फरक विषयमा सञ्चालन हुने बताइएको छ। दर्शनको जीवनमा प्रयोग, आजको विश्व र डिजिटल अर्थतन्त्र, शेयर मार्केट र राज्यले लिनुपर्ने नीति, नेपाली समाजको भौतिकवादी विवेचना, विज्ञानका नयाँ आयामहरू लगायतका विषयमा कक्षा सञ्चालन हुने आयोजकले जनाएको छ।

कक्षा साँझको समयमा सञ्चालन गरिने ज्ञान केन्द्रले जनाएको छ। साँझ ७ः४५ देखि ९ः४५ बजेसम्म सञ्चालन हुनेछ। कक्षमा सहभागी हुनले तोकेको मापदण्ड पालना गर्नुपर्ने ज्ञान केन्द्रले भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्