सुनको मूल्य आज फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहिबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्