काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला शतप्रतिशत झुट भएको बताएका छन्। मन्त्री आलेले, ‘म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो। मेरो भनाइ यही हो।’
पछिल्लो समय मन्त्री आले एमालेमै फर्किने हल्ला चलेपछि उनले यस्तो बताएका हुन्। आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन्। एस पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।