बूढानीलकण्ठमा महिलाको शव भेटियो, एक पक्राउ

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएकी हुन्।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्