काठमाडौं महानगरमा कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना

लोकपाटी न्यूज
2 Shares

काठमाडौं। साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ। बिहिबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने)  र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो।

फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ। जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्टाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ। महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन सङ्कलन गर्ने पनि सूचनामा जनाइएको छ।

suchana-ktm

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्