नेपाल टेलिकमले घटायो इन्टरनेटको शुल्क, अब कुन प्याकेजको कति ?

Nepal-Telecome-office
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ। टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो। गत असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २,५०० रहेकामा अब १,६०० मात्र हुनेछ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २,३०० बाट घटाएर १,६०० नै कायम गरिएको छ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महसुल दर १,५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २,७०० रहेकोमा अब २,४००, ११ देखि १०० एमबीपीएसको २,४०० रहेकोमा अब २,१०० र १०० एमबीपीएस भन्दा बढीको २,१०० रहेकोमा अब १,८०० कायम गरिएको उनको भनाइ छ। नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्