बालिका करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
2 Shares

बारा। बारामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय अमलेखगन्जलाई उद्धृत गर्दै केन्द्रीय प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्