आइपिओ निष्कासन गर्ने तयारीमा खप्तड लघुवित्त

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ। लघुवित्तले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आइपिओ जारी गर्ने भएको हो।

कम्पनीले उक्त निष्कासन तथा बाँडफाँटका लागि बिक्री प्रबन्धकको नियुक्ति गरेको छ। सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको हो। असार ०८ गते बुधवार मेगा क्यापिटल मार्केट्समा खप्तड लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने सम्झौता पत्र हस्ताक्षर भएको छ।

सो सम्झौता पत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। अबबाट कम्पनीको सेयर धनीको अभिलेख राख्न, सेयरको धितो बन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरूको वितरण गर्न, तथाल नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता काममा मेगा क्यापिटलले लघुवित्तलाई सघाउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्