प्रतिनिधिसभा बैठक : विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

Parliament samsad
लोकपाटी न्यूज
2 Shares

काठमाडौं ।  प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको उक्त विधेयक दफावार छलफलका लागि सम्बधित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते आइतबार १ बजे बस्ने गरी स्थगन भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्