मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा नेकपा एसको जोड

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको सिफारिस अनुसार मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न सरकारलाई दवाव दिने भएको छ ।

हिजो र आज बसेको पार्टीको सचिवालय बैठकले यसअघि सरकारमा जाने मन्त्रीको बारेमा गरेको निर्णय कार्यान्वयनमा जोड दिने निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब केही घण्टामा मन्त्रीहरु हेरफेर गर्नेतर्फ पार्टी लागिरहेको बताउनुभयो ।

पार्टीले भोलि पोलिटब्यूरो र पर्सि केन्द्रीय कमिटी तथा आउँदो सोमवार र मङ्गलवार केन्द्रीय परिषद्को बोलाएको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा स्थानीय चुनाव र सरकारको समीक्षा तथा गठबन्धन र आगामी चुनावबारे छलफल हुने जनाइएको छ ।