पूर्वमन्त्री कार्कीको घरअगाडि शंकास्पद वस्तु फेला

karki-home-bom
लोकपाटी न्यूज
6 Shares

झापा। प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला परेको छ। झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा तार जोडिएको कुकर देखिएको हो।

पूर्व प्रदेशमन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नो घरअगाडि बाटोको पेटीमा बिहान ५:३० बजे बमजस्तो प्रेसर कुकर फेला परेको जानकारी दिए।

कार्कीले कसले किन उक्त कुकर राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने बताए। शंकास्पद बस्तु फेला परेको जानकारी आएकोले नेपाली सेनाको टोलीलाई पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्