राष्ट्रिय सभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्