पश्चिम नवलपरासीमा मिटर ब्याजमा ऋण दिने दुई पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा मिटर ब्याजमा ऋण दिने दुई जना साहु पक्राउ परेका छन्। जिल्लाका मिटर ब्याजपीडितहरु काठमाडौंमा गएर मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेलाटारीका ४५ वर्षीय सुनिल बानियाँ र ५० वर्षीय जगदीश बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ऋषिराम कंडेलले बताए। ऋणी र मिटर ब्याजमा लगाउने पक्षबीच वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढ्ने उनले बताए।

पक्राउ परेका दुई जना साहुले केही दिन अगाडि परासीमा पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारलाई राजस्व तिरेर मालपोत कार्यालयबाट दुष्टि बन्धक गरेर सरकारी दरमा नै ऋण दिएको दाबी गरेका थिए। उनीहरुले वर्षौंदेखि ब्याज पनि नदिएको र अहिले ऋणी आफै आन्दोलनमा उत्रीएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्