काठमाडौंमा चटपट खाएका दुई जनामा सबैभन्दा पहिला देखिएको थियो हैजा

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। काठमाडौंमा सात जनामा हैजाको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टी गरेको छ। हैजा फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुन र पानी उमालेर मात्र पिउन तथा बासी सडेगलेका खाना नखान महाशाखाले सबैमा अनुरोध गरेको छ।

गत हप्ताको बिहीबार चटपटे खाएपछि विरामी परेका बागबजारका दुई दिदी बहिनीमा आइतबार पहिलोपटक हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हैजाबाट संक्रमित पाँच जनाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको अस्पतालले जनाएको छ।

टेकु अस्पतालकी निर्देशक डा.मनिषा रावलले उच्च मृत्युदर रहेको हैजाको विरामी बढ्दै गएकाले खानपानमा ध्यान दिनु पर्ने, पानी उमालेर मात्र खान र व्यतिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइन्।

हैजा पनि झाडापखला जस्तै हुने भए पनि चौलानी जस्तै पातालो दिशा लगातार भएमा र मांशापेशी दुखेमा तत्काल अस्पताल जान पनि निर्देशक रावलले आग्रह गरे। काठमाडौंको बागकजारमा पहिलोपटक हैजा देखिए पनि हाल कपन, बालाजु, बोहोराटार, बल्खु, सानेपा, डिल्लीबजारका विरामीमा हैजा पुष्टी भैसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्