भारतमा थप १७ हजार बढीलाई कोरोना संक्रमण

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज
1 Shares

नयाँ दिल्ली। भारतमा थप १७ हजार ३३६ जना कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहिबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ। एक दिन अगाडि भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए।

हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।२० प्रतिशत हो।पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ। यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्