मन्त्रीहरुलाई तोकिएकै समयमा उपस्थित हुन रुलिङ

Ganesh_timilsena_samsad_1_
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन्।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गरेका हुन्। उनले लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुने बताए।

उनले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरेका थिए। उनले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्