एस पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डको हस्तक्षेप : मेटमणि चौधरी

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री हेरफेरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भूमिका खेलेको आरोप लगाएका छन्।

शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले माओवादीभित्रको प्रेसर धान्न गाह्रो भएर प्रचण्डले पर सार्न भूमिका खेलिरहेका आरोप लगाएका हुन्।

“सिफारिस कार्यान्वयन गर्ने जिम्मा प्रधानमन्त्रीको हो। उहाँलाई प्रभाव पार्ने काम कमरेड प्रचण्डको हो। एकीकृत समाजवादीका मन्त्रीलाई शपथ खुवाउँदा उहाँको पार्टीमा पनि प्रेसर छ। प्रेसर धान्न गाह्रो होला भनेर एक–दुई दिन भनिरहनुभएको छ,” उनले भने।

नेकपा एसकै कारण माओवादी केन्द्र अहिले सरकारमा रहेको र धेरै मन्त्री पाएको भन्दै उनले पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डले हस्तक्षेप गरेको बताए। उनले पार्टीले पठाएका मन्त्रीहरूले गैर जिम्मेवार व्यवहार देखाएको भन्दै उनीहरू मन्त्री बन्ने बेला जुन ठाउँमा निर्णय भएको हो अहिले पनि त्यही ठाउँबाट भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्