रुसमा सैनिक कार्गो जहाज दुर्घटना, चारको मृत्यु

kargo biman
लोकपाटी न्यूज
5 Shares

मस्को। रुसमा एक सैनिक जहाज दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। रुसबाट प्राप्त समाचार अनुसार यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो।

रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो। त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ। सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो।

त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन्। सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पुर्याईएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्