रामचन्द्रको असारे गीत ‘रनभुलैमा’ सुभेक्षा र सन्जय (भिडियोसहित)

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । लोक तथा दाहोरी गायक रामचन्द्र चन्दको असारे गीत ‘रनभुलैमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्द र गायिका पवित्रा सर्तुंगे मगरको स्वर रहेको छ ।

गीतमा प्रदिप प्रखर पोखरेलको शब्द रहेको छ भने गायक स्वयम् चन्दको संगीत रहेको छ । बर्खाको यामललाई कृषकको लागि निकै महत्वपूर्ण र विशेष समय मानिन्छ । मानो रोपी मुरी फलाउने यस बेलामा खेतमा धान रोप्ने अनि त्यहि रोपाइको बेलामा नाचगान समेत गर्ने गरिन्छ । यसलाई नेपालीको मौलिक संस्कृतिका रुपमा पनि लिने गरिन्छ ।

बर्खाको सिजनमा धान रोप्नेमात्रै नभएर एकआपसको प्रेम र सद्भावहरु पनि साटासाट गर्ने गरिन्छ । काठमाडौंको सुनाकोठीमा छायांकन गरिएको उक्त गीतमा पनि एकअर्काको प्रेमलाई विशेष कथा बनाएर धान रोपाइँको बेलामा प्रस्तुत गरिएको छ । कलाकार सुभेक्षा रेग्मी, सन्जय पोखरेलको मुख्य भुमिका रहेको छ ।

यस्तै भिडियोमा हरी कृष्ण राजथला, नुर भण्डारीको पनि अभिनय देख्न सकिन्छ । गीत गायक चन्दकै अफिसियल युट्युवमार्फत हेर्न सकिन्छ ।