सर्लाही। रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज “आरती” अहिले रौतहटको गर्मीमा धमाधम छायांकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतानको छाँयाकन रहनुका साथै हिक्मत शर्माको लेखन रहेको छ।
यसमा कलाकार राज पौडेल, गीता श्री, नूतन, मनिशा गिरी, हरि कंडेल, खेमराज कोइराला, सपना शर्मा, शिब कुर्मी, कृष्ण खडका, बिक्कि शाह, जय मंगल पासवान , संसार अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनुका साथै चर्चित भोजपुरी कलाकारको पनि अभिनय रहेको छ।
कथाले तराईका महिलाहरुको समस्यालाई बोकेको र बिषय बस्तुले तराईसँग मिल्ने भएर नै तराईमा सुटिङ्ग भइरहेको निदेशक रोशनले बताए।श्रोतका अनुसार यो वेब सिरिज मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिने छ। ब्यानरले अहिले रौतहटको जमुनामाई गाउँपालिका, सुकदेवमा छायांकन गरिरहेको छ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34