१ सय ३३ कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। सर्वोच्च अदालतले १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ। बुधबार बसेको फुलकोर्टले वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको हो।

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), एमालेका सांसद कृष्णभक्त पोखरेल, सुनिलकुमार पोखरेल, मिरा ढुंगानालगायत छन्।

लामो समयपछि सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो। वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा नेपाल बार एसोसिएसनले पटक पटक सर्वोच्चको ध्यानाकर्षण गराएको थियो।

फुलकोर्टको बैठकले १५८२ देखि ५२०७ सम्मको प्रमाणपत्र रहेका कानुन व्यवसायीहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्