जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

लोकपाटी न्यूज
5 Shares

तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामाजिक कार्यमा लाग्ने बताएका छन्। व्यास नगरपालिका-१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे।

‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ नेता पौडेलले भने। व्यास नगरपालिका-१२ को छिर्कनबाट व्यास-१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए। कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए।

पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए। विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्