युएईमा आदिबासी महोत्सव २०२२ को तयारी

pic -77
लोकपाटी न्यूज
3 Shares

युएई। वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा आदिबासी महोत्सव (२०२२) कार्यक्रम गर्ने तयारी गरेका छन्।

यहीँ आउदो अगस्ट १४ मा युएईको दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी गरेका छन्।

उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि mr. & miss indigenous २०२२ प्रतियोगिता समेत राखिने जानकारी आदिवासी जनजाति महासंघ यूएईकि अध्यक्ष बिजय लक्ष्मी राईले दिइन्।

प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुत रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई।ई।जी। ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्