विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ : घिसिङ

Kulman Ghising
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए।

उनले भने, ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले कमाइरहेको छ। विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं। यो वर्ष १६ अर्ब भन्दा बढीको विद्युत् निर्यात गर्छौं।’ बिजुलीको व्यापार गर्न निजी क्षेत्रलाई २० वर्षपछि पनि दिन नसकिने उनले बताए। प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम लिने र शुल्क तिर्ने भएकाले २० वर्षपछि पनि निजी क्षेत्रलाई व्यापार गर्न दिन नसकिने उनको भनाइ छ।

घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए। पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ। उनले भने ‘विद्युत्‌को लागि जुन जोखिम लिएका थियौं। अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन। ट्रान्समिसन लागत उच्च भएको छ। ट्रान्समिसन लागत सबै प्राधिकरणले तिरेको छ। लागत कसरी कम गर्ने भन्ने विषय गम्भीर भएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्